नियम ५५ग
बीमा रकम उपलब्ध गराउने अधिकारी र अवधि
: नियम ५५ख. बमोजिम बीमाको प्रमाणपत्र र बीमालेख प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले यस परिच्छेद बमोजिमको बीमाको रकम दुर्घटनाबाट मृत्यु भएको अवस्थामा दुर्घटना भएको एक्काइस दिनभित्र
मृतकको हकवालालाई र अन्य अवस्थामा तीन महिनाभित्र सम्बन्धित व्यक्तिलाई सम्बन्धित सवारी धनी वा व्यवस्थापकको रोहवरमा बिमकबाट उपलब्ध गराइदिनु पर्नेछ ।